मधेश प्रदेश सभामुखका लागि आज निर्वाचन हुँदै
काठमाडौं, ६ पुस । मधेश प्रदेश सभामुखका लागि आज निर्वाचन हुँदैछ ।
शनिबार मधेश प्रदेश सभामा सातदलीय गठबन्धनबाट जसपा नेपालका रामअशिष यादवको उम्मेदवारी परेको छ । यस्तै, नेकपा एमालेले त्रिलोकी प्रसादलाई उम्मेदवार बनाएको छ ।
पद अनुकुलको आचरण नगरेको भन्दै सातदलीय गठबन्धनले दुई तिहाइबाट यसअघिका सभामुख रामचन्द्र मण्डललाई मंसिर ३ गते टाएपछि नयाँ सभामुख चयनको प्रक्रिया अघि बढेको हो ।
दिउँसो १ बजे प्रदेशसभा बैठकमा सभामुखको निर्वाचन कार्यतालिका रहको छ ।















प्रतिक्रिया दिनुहोस्