पश्चिमी वायुको प्रभाव मौसम बदली र तराइमा हुस्सु/कुहिरो
काठमाडौं, ६ पुस । देशभर पश्चिमी वायुको प्रभावले अहिले देशभर आंशिक रुपमा बादल लागेको छ । त्यसैले काठमाडौं उपत्यका लगायतका जिल्लामा मधुरो घाम लागेको छ । यस्तो अवस्था अझै केही दिनसम्म जारी रहने र जाडो बढेको महसुस हुने मौसमविदको पूर्वानुमान छ । साथै तराई मधेशका जिल्लामा अझै केही दिन हुस्सु÷कुहिरोले लाग्ने छ । यसले गर्दा हवाई उडान, यातायात, किसान लगायत क्षेत्रमा प्रभाव परेको छ । चिसोका कारण जन जीवन अस्तव्यस्त बनेको छ ।
अहिले देशभरि नै आंशिक बदलीको अवस्था देखिएको छ । तर, बादल लागे पनि तत्काल वर्षा हुने सम्भावना भने देखिएको छैन । यो खासगरी पश्चिमी वायुको प्रभाव हो । वर्षाका लागि पर्याप्त आद्रता नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो समयमा तराई जस्तो होचो भू–भागमा यस्तो मौसमी प्रणाली देखिनु स्वाभाविक प्रक्रिया भएका र छिमेकी भारतका भूभागमा पनि यस्तै अवस्था छ । यो स्थानीय भौगोलिक र मौसमी कारणले नै विकास भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भूभागमा पनि हिम पातको संभावना रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्