एमाले ईश्वर पोखरेल समूहको भेला सुरु

काठमाडौं, ५ पुस । नेकपा एमाले ईश्वर पोखरेल समूहको भेला सुरु भएको छ । काठमाडौँको बबरमहल स्थित कार्की ब्याङ्क्वेटमा सो समूहको भेला सुरु भएको हो ।

हालै सम्पन्न नेकपा एमालेको ११औँ महाधिवेशनमा पोखरेल प्यानलले पदाधिकारीमा दुई पदमा जित हासिल गरेको थियो । गोकर्ण विष्ट उपाध्यक्ष र योगेश भट्टराई उपमहासचिवमा विजयी भएका हुन् ।

ईश्वर पोखरेल भने अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए । ओलीले १ हजार ६ सय ६३ मत ल्याउँदा पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका थिए । यहि कार्की ब्याङ्क्वेटमा हिजो ११ओ. महाधिवेशनबाट वियजी पार्टीका केन्द्रीय सदस्यहरुको पहिलो बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्