एमालेले केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य र पदाधिकारीको केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने

काठमाडों, ४ पुस । नेकपा एमालेले केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य र पदाधिकारी रहने गरि केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने भएको छ ।

शुक्रबार काठमाडौंमा जारी नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने प्रस्ताव महासचिव शंकर पोखरेलले जानकारी गराएका हुन् ।

उनका अनुसार, केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य र पदाधिकारी रहेको केन्द्रीय सल्लाहकार परिषद् गठन गरिने उनले बताए ।

बैठकमा अहिले निर्णयहरू निर्णयार्थ पेश हुँदैछ । त्यस्तै, एमालेले आगामी पुस २७ देखि २९ गतेसम्म दोस्रो केन्द्रीय कमिटी बैठक बोलाएको छ । दोस्रो बैठकले निर्णय गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्