एमालेको केन्द्रीय कमिटीको बैठक पुस २७ देखि २९ गते बस्ने

काठमाडों, ४ पुस । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी पुस २७ देखि २९ गते बस्ने भएको छ ।

काठमाडौंमा आयोजित नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले यसबारे प्रस्ताव पेश गरेका हुन् ।

उनले बैठक हलमा केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २७, २८ र २९ मा काठमाडौं आयोजना गर्ने प्रस्ताव राखेका हुन् ।

आज बसेको केन्द्रीय कमिटीको पहिलो बैठक हो । उक्त प्रस्ताव अहिले निर्णयार्थ पेश भइरहेको छ ।

केन्द्रीय कमिटीको आजको बैठक धेरै निर्ण भने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्