एमालेमा पार्टीभित्र गुट अन्त्य भइसक्यो: अध्यक्ष ओली
काठमाडों, ४ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट अन्त्य भइसकेको बताएका छन् । महाधिवेशनमा उम्मेदवार बन्दा कोही प्यानल र कोही स्वतन्त्र लडे पनि मतपरिणाम सार्वजनिक भइसकेपछि गुट सकिएको उनको दावी छ ।
‘हिजो चुनावमा लड्दा प्यानल भएर लडियो होला, स्वतन्त्र भएर लडियो होला। त्यो हिजै सकियो,’ उनले भने, ‘अब एमालेको केन्द्रीय कमिटीमा हामी छौँ । यो प्यानल र त्यो प्यानल होइन यो देश हाँक्ने एमालेको एकढिक्का हो। यो त्यो प्यानल छैन ।’
ओली बिहीबारमात्रै ईश्वर पोखरेललाई पराजित गरेर अध्यक्षमा लगातार तेस्रोपटक निर्वाचित भएका हुन् । अहिले एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक जारी छ ।बैठकदे विभिन्न निर्णहरु गर्ने नेताहरुले बताएका छन् ।















प्रतिक्रिया दिनुहोस्