एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

काठमाडों, ४ पुस । नेकपा एमालेको ११औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ । दिउँसो १ बजे कार्की ब्यांक्वेटमा बस्नेगरी बैठक बोलाइएको हो ।

अध्यक्ष केपी शर्मा ओलीसहित सिङ्गो पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ विहीबार नै भइसकेको छ।

एमालेको ११औँ महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरिसकेको छ ।
हिजोमात्र सो निर्वाचन सम्पन्न भएको हो ।

आजको बैठकमा महाधिवेशनको समग्र समीक्षा, पार्टीको समसामयिक राजनीतिक कार्यदिशा, केन्द्रीय कमिटीका जिम्मेवारी बाँडफाँट तथा आगामी कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।

साथै, पार्टीको केन्द्रीय सचिवालय र स्थायी कमिटी गठनसम्बन्धी विषय पनि बैठकको एजेन्डामा पर्न सक्ने नेताहरूले बताएका छन्। आजको बैठकलाई नेपाली राजनीतिक वृत्तमा निकै चासोकासाथ हेरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्