नख्खु कारागार परिसरमा समर्थक र कार्यकर्ताको ठुलो उपस्थिति

काठमाडौं, ३ पुस। सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पश्चात रास्वपाको समर्थक, कार्यकर्ता र शुभचिन्तकहरु नख्खु कारागार परिसरमा नाराबाजी गर्दै खशियाली मनाईरहेका छन् ।
लामो समयदेखि थुनामा रहेका लामिछानेका लागि यो आदेशले कानुनी राहत प्रदान गरेको हुँदा नख्खु कारागार परिसरमा समर्थक र कार्यकर्ताको ठुलो उपस्थिति देखिएको हो ।
कारागार बाहिर जम्मा भएका शुभचिन्तकहरूले नाराबाजी गर्दै खुसीयाली मनाइरहेका छन्। सहकारी प्रकरणमा मुछिएपछि अनुसन्धानका लागि प्रहरी हिरासत र कारागारमा रहेका लामिछाने अब अदालतले तोकेको धरौटी बुझाएर थुनामुक्त हुने प्रक्रियामा छन्।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार सभापति लामिछानेलाई रिहा गर्न आदेश भएको निर्णय सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्