ओली अध्यक्षमा निर्वाचित हुँदा, उनका विश्वासपात्र विष्णु रिमालले केन्द्रीय सदस्यमा समेत हारे
काठमाडौँ,३ पौष । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरे । यस्तो परिस्थितीमा ओलीले तेस्रो कार्यकाल भारी मतले एमाले नेतृत्वमा जित ननिकाल्ने सायदै सोचेका थिए ।
निर्वाचनको परिणाम आउदा ओलीले एक हजार ६६३ मतसहित जित निकाल्दा ईश्वर पोखरेल ५६४ मत मात्र प्राप्त गरे ।
ओली आफू सुरक्षित भए पनि पदाधिकारीमा भने आफ्नै पक्षको वर्चस्व कायम गर्न चुनौती थियो । नेतृत्वमा ओलीलाई स्वीकारे पनि दोस्रो र तेस्रो तहका नेताहरूको परस्पर प्रतिस्पर्धा, गुटभित्रका उपगुटबन्दी, परस्पर मतभिन्नता जस्ता कुरा कारण मुख्य थिए ।
मनोनयनको मुखमा ओलीलाई यी सबै कुरा मिलाउन यस पटक निकै कठिन भएको देखियो । एकाधबाहेक धेरै ठुलो विद्रोह पनि भएन सबै मिलाउन सफल रहे । मुख्यतः महासचिव पदमा भिडेका शंकर पोखरेल नै हार्न सक्ने अनुमान धेरैले गरेका थिए ।
आज नतिजा प्रकाशित नतिजा अनुसार १९ पदाधिकारीमध्ये ओली पक्षका १७ जना निर्वाचित भएका छन्। । भने इश्वर पोखरेल टिमका नेता गोकर्ण विष्ट उपाध्यक्षमा र उपमहासचिवमा योगेश भट्टराई फुत्किएर जित निकालेका छन्।
यो जित हारमा सबैभन्दा बढी चोट पूर्व उपमहासचिव रहिसकेका विष्णु रिमालमाथि परेको छ । योगेश जित्दा ओली पक्षबाट भिडेका विष्णु यस पटक उपमहासचिवमा हारे ।
तीन उपमहासचिव पदका लागि भएको निर्वाचनमा बाँकी दुई उपमहासचिवमा भने ओली पक्षकै लेखराज भट्ट र रघुवीर महासेठ जित्न सफल भए । रिमाल पक्षमा एक हजार ९१ मत मात्रै पाए ।
विष्णु उपमहासचिवमा मात्रै हारेनन् केन्द्रीय सदस्यकै निर्वाचन पनि हारेका छन्। खुला केन्द्रीय सदस्य पदमा भिडेका उनले ६३० मत मात्रै पाए ।
विष्णु रिमाल ओलीका भित्रिया नै मानिन्छन्। पछिल्लो पटक ओली प्रधानमन्त्री हुँदा उनी प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार नै थिए ।
विष्णुको यो हारलाई कतिपयले अन्य नेताको प्रतिशोधपूर्ण नतिजा पनि भनिरहेका छन्। उनीमाथि ओलीलाई गलत ढंगले चलाएको आरोप लगाउनेहरू पनि एमालेभित्र ठूलो तप्का छ ।















प्रतिक्रिया दिनुहोस्