निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस, बिदुरको केन्द्रीय कारागार बाल सुधार गृह बनाउने मन्त्रिपरिषद् निर्णय
काठमाडौं, ३ पुस। सरकारले निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन अध्यादेश जारी गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद्मा पेश भएको अध्यादेश अनुसार, दलित आदिवासी जनजाती, खस आर्य, मधेशी, थारु, मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा निर्धारण गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को अनुसूची संशोधन गर्न अध्यादेश जारी गर्न परेको हो । फागुन २१ गते हुने निवोृचनलाई सहज बनाउन अध्यादेश ल्याउन लागेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
यस्तै सरकारले नुवाकोटको बिदुरमा निर्माण भएको केन्द्रीय कारागारको ब्लकलाई बाल सुधार गृहको रुपमा सञ्चालन गर्ने भएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको हो ।
विभिन्न बालसुधार गृहमा रहेका र अवधि बाँकी रहेका १८ वर्ष माथिका किशोरहरूलाई त्यहाँ राखिनेछ । मन्त्रिपरिषद्ले केन्द्रीय कारागारको खाली भएको एउटा ब्लकलाई मात्रै बाल सुधार गृहको रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।















प्रतिक्रिया दिनुहोस्