एमालेको ११औं महाधिवेशनः आज तीन जनाको मात्र शपथ ग्रहण

काठमााडौं, ३ पुस । नेकपा एमालेको ११ औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

१९ सदस्यीय पदाधिकारीमा अधिकांश ओली प्यानलको निर्वाचित भएका छन् ।

१९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य, केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको हो।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार आज तीन जनाको मात्रै शपथ ग्रहण हुनेछ।

पार्टी अध्यक्ष निर्वाचित भएका केपी शर्मा ओली, केन्द्रीय अनुशासन आयोगमा प्राध्यापक डा.भरतराज पहारी र लेखा आयोग अध्यक्ष पुष्पराज कँडेलको आज शपथ हुनेछ। शपथ ग्रहणका लागि केपी शर्मा ओली भृकुटीमण्डप पुगिसकेका छन्।

पहारी र कँडेल निर्विरोध निर्वाचित भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्