एमालेको ९ सचिव पदका ओलीले उठाएका ९ जना नै विजयी

काठमाडौं, ३ पुस। एमालेको ११औं महाधिवेशनमा भएको निर्वाचनमा सचिव पदमा अध्यक्ष केपी शर्मा ओली प्यानलका सबै विजयी भएको छन् । ९ सचिव पदका लागि भएको निर्वाचनमा ओलीले उठाएका ९ जनाले नै निर्वाचन जितेका छन् ।

एमालेको निर्वाचन आयोगका अनुसार महेश बस्नेत १५४४, पद्माकुमारी अर्याल १५३०, छविलाल विश्वकर्मा १५०६, शेरधन राई १५०३, हिक्मतकुमार कार्की १३३७, खगराज अधिकारी, १२३१, यामलाल कंडेल ११८५,राजन भट्टराई ११८१ र भानुभक्त ढकाल ११०८ मत ल्याएर विजयी भए ।
यसैगरि सबै दाधिकारीहरुमा ओली प्यानलकै पधाधकारीहरु विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्