ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ष विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी

काठमाडौं, ३ पुस। नेकपा एमालेको ११औं महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट दुई पदाधिकारी विजयी भएका छन् । उपाध्यक्षमा गोकर्ष विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका हुन् ।

निर्वाचन आयोगका अनुसार गोकर्णराज विष्टले उपाध्यक्षमा १३६८ मत प्राप्त गरेका छन् । यस्तै उपमहासचिवमा योगेशले १३४८ मत पाएका छन् । अन्यको पनि मत परिणाम आउनेक्रम जारीछ ।

प्रतिक्रिया दिनुहोस्