एमालेको महासचिवमा शंकर पोखरेल विजयी

काठमाडौं, ३ पुस। नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । औपचारिक घोषणा भने हुन बाँकी छ ।

नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोखरेल १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् ।

अध्यक्षमा केपी शर्मा ओली भारी मतले विजयी भइसकेका छन् । यसपटक ओलीसँग ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए । अन्य पधाधिकारीमो पनि परिणाम आउनेक्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्