एमालेको मतगणना जारी: अध्यक्षमा ओलीलाई ८४३, पोखरेललाई २९६ मत प्राप्त, महासचिवमा पोखरेललाई पच्छ्याउँदै पाण्डे
काठमाडौं, ३ पुस। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता कायमै छ ।
उनीहरू दुवैले सुरुदेखि नै अग्रता लिँदै आएका थिए ।
निर्वाचन आयोगका अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ८४३ र अर्का उम्मेदवार ईश्वर पोखरेलले २९६ मत प्राप्त गरेका छन् ।
महासचिवमा प्रतिस्पर्धा देखिएको छ । निर्वाचन आयोगले घोषणा गरेको पछिल्लो मतपरिणाम अनुसार शंकर पोख्रेलले ६१३ मत पाएका छन् । उनलाई सुरेन्द्र पाण्डेले ५२६ मतका साथ पछ्याइरहेका छन् ।
अध्यक्षमा केपी शर्मा ओली भने ईश्वर पोखरेलभन्दा धेरै अगाडि छन् । ओलीले ८४३ मत ल्याउँदा पोखरेलले २९६ मत मात्रै पाएका छन् ।
केही पदबाहेक सबै ओली प्यानलकै उम्मेदवारले अग्रता लिएका छन् ।















प्रतिक्रिया दिनुहोस्