जाँचबुझ आयोगले अपकाश प्राप्त प्रहरी प्रमुख खापुङको बयान लिन सुरु
काठमाडौं, ३ पुस। जेनजी आन्दोलन जाँचबुझ आयोगले अपकाश प्राप्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङको बयान लिन सुरु गरेको छ ।
२३ र २४ भदौको घटना छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालिन प्रहरी प्रमुख खापुङको बयान लिएको सुरु गरेको हो । बिहीबार आयोगको सिंहदरबारस्थित कार्यालयमा खापुङको बयान भइरहेको आयोगका सदस्यले जानकारी दिएका छन्।
जेनजी घटना भएका बेला खापुङ नै प्रहरी महानिरीक्षक थिए । त्यतिबेला प्रहरीले चलाएको गोली लागेर २३ भदौमा २२ जनाको मृत्यु भएको थियो । प्रहरीले अनावश्यक रुपमा अत्याधिक बल प्रयोग गरेको भनेर आलोचना समेत हुँदै आएको छ ।
यसअघि फिल्डमा खटिएका कर्मचारीका विवरण पठाउन भन्दा समेत खापुङले अटेर गरेको आयोगले दाबी गरेको थियो । त्यतिबेला खापुङले जवानदेखि आईजीपीसम्म सबै फिल्डमै रहेको भन्ने जवाफ पठाएका थिए ।
उक्त जवाफपछि आयोगले खापुङलाई ५ सय रुपैयाँ जरिवाना गर्नेसम्मको तयारी गरेको थियो । त्यसपछि बल्ल उनले विवरण पठाएको आयोगको दाबी छ ।
आयोगले घटना सम्बन्धीतको पक्षको बयान लिने काम अन्तिम चरणमा पुर्याएको छ । अब तत्कालीन गृहमन्त्री, प्रधानमन्त्रीको बयान लिने तयारी गरेको आयोगले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्