अध्यक्षमा ओलीले ३३३ र वरिष्ठ उपाध्यक्ष पोखरेलले ११०, महासचिवमा पोखरेलले २४९ पाण्डेले १४९ मत प्राप्त

काठमाडौं, ३ पुस। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि ११ औ. महाधिवेशन निर्वाचनको मतगणना जारी छ ।

निर्वाचन आयोगले प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ । आयोगका अनुसार, हालसम्म अध्यक्षका उम्मेदवारमा केपी शर्मा ओलीले ३३३ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११० मत प्राप्त गरेका छन् ।

त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले २४९ र सुरेन्द्र पाण्डेले १४९ मत प्राप्त गरेका छन् ।
अन्य पदाधिकार ितथा केन्द्रीय सदस्यहरुको पनि मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्