प्रारम्भिक मतपरिणामा अध्यक्षमा ओली दोब्बरभन्दा बढि मतले अघि
काठमाडौं, ३ पुस। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
निर्वाचन आयोगले प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ । आयोगका अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १५६ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ६७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले ११५ र सुरेन्द्र पाण्डेले १०८ मत प्राप्त गरेका छन् ।
महासचिवमा पोखरेल र पाण्डेबिच कडा प्रतिष्पर्धा रहेको छ ।















प्रतिक्रिया दिनुहोस्