प्रभु महालक्ष्मी लाइफको ३ लाख २८ बढि कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं,२ पौष । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीका तीन जना संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको ३ लाख २८ हजार १९४ कित्ता संस्थापक शेयर बिक्रीका लागि कम्पनीमा निवेदन दिएअनुसार सो शेयर बिक्री गर्न लागेको हो । यस शेयर विद्यमान शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

कम्पनीले संस्थापक शेयरधनी बोध प्रसाद त्रिपाठीको नाममा रहेको २ लाख ३५ हजार १२८ कित्ता, बिनु श्रेष्ठको नाममा रहेको ६१ हजार ४७८ कित्ता र विनय रेग्मीको नाममा रहेको ३१ हजार ५८८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

सो शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । कम्पनीले तोकिएको यस समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै आवेदन नपरेमा सर्वसाधारणलाई शेयर बिक्री गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्