नबिल अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँड

काठमाडौं,२ पौष । नबिल बैंक लिमिटेडले जारी गरेको पाँच अर्ब बराबरको १ सय रुपैयाँ अंकित दरका ५ करोड कित्ता नबिल ८५ अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँड भएको छ ।

यस शेयरमा परिपत्र विधिबाट संस्थागत लगानीकर्ताहरुबाट मात्र आवेदन प्राप्त गरी पुस १ गते शेयरको निक्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड मार्फत अन्तिम बाँडफाँड गरिएको हो ।

नेपाल स्टक एक्सचेञ्जमा लिमिटेडमा सुचीकृत भएपश्चात् “नबिल ८५ अविमोच्य असञ्चिति अग्राधिकार शेयरको कारोबार संस्थागत लगानीकर्तामा मात्र सिमित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्