शिखर इन्स्योरेन्सले गर्यो नगद लाभांशको घोषणा
काठमाडौं,२ पौष । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
इन्स्योरेन्स सञ्चालक समितिको हिजो पुस १ गते बसेको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्तदरमा लाभांश वितरण गरिनेछ ।















प्रतिक्रिया दिनुहोस्