आजको मौसम कस्तो रहला ?
काठमाडौं, २ पुस । पुस लागेसँगै आज निकै चिसो बढेको छ । तराईमा हुस्सु र कुहिरो लागेको काराण हवाई उडानमा समेत प्रभावित बनाएको छ । मौसम तुवालो , कुहिरो र हुस्सु लागेर घाम नलाग्दा झान भिसो बढेको छ ।
हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान कोशी प्रदेश र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । पश्चिम तराईका थोरै स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भू९भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोलि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ ।















प्रतिक्रिया दिनुहोस्