चिसो बढेसँगै पश्चिम तराईका जिल्लामा हुस्सु–कुहिरो प्रभाव, हवाई सेवासमेत प्रभावित

काठमाडौं, पुस । चिसो बढेसँगै पश्चिम तराईका जिल्लामा हुस्सु–कुहिरो लागेको छ । शितलहरकोसंभावनाबढि बढेकोछ । हुस्सु(कुहिरोले गर्दा पश्चिमका केही जिल्लामा हवाई सेवासमेत प्रभावित भएको छ ।

हुस्सु–कुहिरोले खासगरी धनगढी, नेपालगञ्ज र भैरहवा क्षेत्रमा भिजिबिलिटी दृष्याअवलोकन कमजोर हुँदा हवाई सेवा प्रभावित भएको छ। यस दृष्यताको हिसाबले सबैभन्दा धेरै भैरहवा प्रभावित भएको छ । हवाई उठानकोलागि समस्या पैदा भएको छ । यो मर्का हवाईयात्रुलाई/सर्वसाधरणलाई परेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार आज बिहान ५ः४५ बजेको तथ्यांकमा भैरहवाको भिजिबिलिटी १ सय मिटर मात्रै छ ।

यस्तै कैलालीको धनगढी र धनुषाको जनकपुरमा ५०० मिटरसम्म भिजिबिलिटी छ । मोरङको विराटनगरमा १ हजार, बाँकेको नेपालगञ्जमा १ हजार २ सय र काठमाडौंमा ६ हजार मिटरसम्म भिजिबिलिटी छ । दिउँसोपख हुस्सु कुहिरो क्रमशः घट्दै जाने मौसमविद महर्जन बताउँछिन् ।

मौसमविदहरुका अनुसार दृष्यता एक किलोमिटरभन्दा बढी भएमा हुस्सु र कम भएमा कुहिरो भनिन्छ । यसको अर्थ हुस्सुभन्दा कुहिरो बाक्लो हुन्छ । हुस्सु–कुहिरोले घामका किरण छेक्ने र जमिन तात्न समय लाग्ने भएकाले जाडो महसुस हुने गर्दछ ।

आज बिहान ५स्४५ मा काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन भएको छ । धनगढीको तापक्रम भने हिजोको तुलनामा खासै घटबढ भएको छैन ।

धनगढीमा हिजो दिउँसो पौने तीन बजेसम्म पनि भिजिबिलिटी १५ सय मिटर मात्र थियो । सोमबार बेलुकादेखि नै धनगढीमा हुस्सु लगेर हवाई यात्रा प्रभावित भएको थियो ।

हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । तर आज राति र भोलि पश्चिम नेपालमा हल्का बादल लाग्ने सम्भावना छ । तर पानी पर्ने सम्भावना भने नरहेको मौसमविद महर्जनले जानकारी दिइन् । यसले गर्दा छिट्टै मौसम परिवर्तन हुने संभावना छैन ।

प्रतिक्रिया दिनुहोस्