सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

काठमाडौं,१ मंसिर । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १०.१७ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेको हो ।

इन्स्योरेन्सको सञ्चालक समितिको मंसिर २९ गते बसेको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त दरमा लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्