छिमेक लघुवित्तले गर्यो लाभांश घोषणा

काठमाडौं,१ मसिर । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये १२.५ प्रतिशत बोनस शेयर रहेको छ भने १२.५० प्रतिशत नगद लाभांश कर सहित रहेको छ ।

मंसिर २९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात उक्त दरमा लाभांश वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्