एमालेको महाधिवेशन: दिउँसो २ बजेबाट मतदान 

काठमाडौं, १ पुस । नेकपा एमालेको महाधिवेशनको कार्यतालिका अनुसार दिउँसो २ बजेबाट मतदानको तयारी गरिने भएको छ । यसको लागि सम्पूर्ण तयारी लागि केन्द्रीय निर्वाचन आयोग जुटेको छ । ढिलोमा २ बजेबाट मतदान शुरु गराउनका लागि आयोगले तिब्ररुपमा काम गरिरहेको जनाएको छ ।

विद्युतीय मतदानका लागि राति १२ बजे उम्मेदवारको अन्तिम नामावली हस्तान्तरण गरेको आयोगका सदस्य कुन्साङ लामाले बताए । त्यसैले मतदानको काम ढिलो भएको हो ।

निर्वाचन आयोगले सबै नामावली सेट गर्न १२ घण्टाको समय माग गरेको छ । यस कारण ढिलोमा २ बजेभित्र मतदान शुरू गर्ने उनले जानकारी दिए। बुधबार भृकुटीमण्डपको परिसर अर्कै कार्यक्रमका लागि बुक भइसकेका कारण आज राति नै यो स्थल छोड्नुपर्ने बाध्यता एमालेलाई छ । त्यसैले मतदान आरम्भ २ बजेभन्दा ढिलो नहुने लामाले बताए । यसको लागि सबै कार्यहरु तिब्ररुपमा गरिएको आयोगले जनाएको छ ।
एमालेको ११औं महाधिवेशन मंसिर २७ गतेदेखि सुरु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्