आजको मौसम सामान्यतय सफा
काठमाडौं, १ पुस । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । यसले गर्दा किसानलाई बाली लगाउन सहज हुने छ ।















प्रतिक्रिया दिनुहोस्