एमालेको ११औंं महाधिवेशन: आज चौथो दिन नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै
काठाडौंं, १ पुस । नेकपा एमालेको ११औंं महाधिवेशनको आज चौथो दिन नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा आज मध्याह्न १२ बजेदेखि ६ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।
अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धामा छन् । महासचिव पदमा ओली पक्षबाट शंकर पोखरेल र ईश्वर पोखरेल पक्षबाट सुरेन्द्र पाण्डेबीच प्रतिष्पर्धा हुँदैछ । मतदान विद्युतीय मेसिनमार्फत् हुनेछ प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले जनाएको छ ।
केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार मतदानमा ८० वटा विद्युतीय मेसिन प्रयोग गरिनेछ । कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।
मतदानपछि भृकुटीमण्डपमै मतगणना हुने निर्वाचन आयोगले जनाएको छ । मतपरिणाम घोषणा, प्रमाणपत्र प्रदान र शपथ ग्रहण पनि सोही ठाउँमै हुने एमालेले जनाएको छ ।
एमालेको अनुशासन आयोग र लेखा आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिव पदसहित १४ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।
अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहाडी, उपाध्पक्ष चक्रबहादुर पराजुली र सचिव राजेन्द्र घिमिरे निर्विरोध भएका छन् ।
लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल, उपाध्यक्षमा घनेन्द्र राज घिमिरे र सचिवमा ईश्वरी प्रसाद खरेल निर्विरोध भएका छन् ।
केन्द्रीय सदस्यहरुमा युवा खुलामा नरेश रोकाय, सुशील थापा, मधेशी युवामा अमरकुमार यादव, मुस्लिम महिलामा खाजिदा खातुन सिद्दिकी, श्रमिक महिलामा कमलादेवी तामाङ र सिता लामा निर्वाचित भएका छन् ।
पिछडिएको महिलामा बदमी क्वाँरी बुढा (बोहरा) र प्रवाश दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे पनि निर्विरोध निर्वाचित भएका छन् । आजको निर्वाचन परिणाम के आउने हो भन्ने अवस्थामाछैन । अध्यक्ष ओली पक्षका नेताहरु असन्तुष्ट जनाउँदै विद्रोह तथा स्वतन्त्रमासमेत उम्मेदवारी दिएका छन् ।















प्रतिक्रिया दिनुहोस्