सरकारसँग वार्ता गर्नका लागि तीन सदस्यीय समिति गठन प्रसाईं नेतृत्वको महाअभियानले
काठमाडौं, २९ मंसिर । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सरकारसँग वार्ता गर्नका लागि तीन सदस्यीय समिति गठन गरेको छ ।
समितिमा महाअभियानका केन्द्रीय सचिव प्रेमदीप लिम्बुलाई वार्ता समिति संयोजकको जिम्मेवारी दिइएको छ । त्यसैगरी सदस्यहरूमा देवीप्रसाद संग्रौला र प्रेम थापा मगर रहेका छन् ।
महाअभियानका संयोजक प्रसाईंले सोमबार एक विज्ञप्ति निकाल्दै वार्ता समिति गठन गरिएको बारे जानकारी गराएका छन् ।
आइतबार मात्रै सरकारले आगामी २ पुसमा हुने छलफलका लागि वार्ता टोलीको नाम टुंगो लगाएर पठाउन भन्दै महाअभियानलाई पत्राचार गरेको थियो ।
त्यसपछि वार्ता टोली टुंगो लगाइएको प्रसाईंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रसाईं समूहले यसअघि विभिन्न २७ बुँदे माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।
ती विषय मध्ये तत्कालै सम्बोधन गर्न सकिने विषय तथा मागहरुको सम्बन्धमा वार्ता गर्नका लागि सञ्चारमन्त्री जगदीश खरेलको संयोजकत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको छ । यो समितिले वर्तालाई तार्तिक निश्कर्षमा पुर्याउने विश्वाश लिएको छ ।















प्रतिक्रिया दिनुहोस्