उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने सरकारको निर्णय
काठमाडौं, २९ मंसिर । निर्वाचन नजिकंिदै गर्दा सरकार र दलबीचको सम्बन्ध विस्तार सोचेअनुसार नभएको आरोप लागेको शुसिला नेतृत्वका सरकारले बिभिन्न राजनीतिक दल र सरोकारवालासंग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् । यसले गर्दा राजनीतिक संवाद गर्न सहज हुनेछ ।















प्रतिक्रिया दिनुहोस्