कुलमानले गुन बिर्सिय, पार पाउने छैनन्ः संयोजक प्रचण्ड
काठमाडौं, २८ मंसिर । राम्रको काम जसले लिने र तर नराम्रा कामको अबजस अरुलाई हाल्ले नेपाली राजनीतिकको नियती नै हो । यस्र्त भएको छ नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डल र कुलमान घिसिङबीचको सम्बन्ध ।
संयोजक प्रचण्डले मन्त्री तथा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङ्गले गुन बिर्सिएको टिप्पणी गरेका छन् । कुलमानले जुन थालमा खायो, त्यही थालमा छेद हाल्न खोजेको भन्दै प्रचण्डले त्यस्तो नगर्न चेतावनी समेत दिएका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिले कुलमानले गुन बिर्सिएर जुन थालमा खाए त्यही थालमा छेद हाल्न खोज्याछन् । तिनले त्यसो नगरुन् भन्न चाहान्छु । कुलमानको बुद्धि फिरोस् ।’
नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ जेनजी आन्दोलनपछि बनेको अन्तरिम चुनावी सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री छन् । मन्त्री पदमा रहँदै उनले उज्यालो नेपाल पार्टीमार्फत् राजनीतिमा पाइला चालेका छन् ।
यसै सन्दर्भमा प्रचण्डले वैगुनी पाराले कुलमानले पार नपाउने र जनताले पनि माफ नगर्ने टिप्पणी गरे । ‘यस्तो बैगुनी भएर तिनले पार पाउने छैनन् । नेपाली जनताले यसो गरे भने तिनलाई धेरै माफ दिन्छ जस्तो मलाई लाग्दैन,’ प्रचण्डले भने ।
आफू प्रधानमन्त्री हुँदा नेपाल विद्युत् प्राधिकरणमा नियुक्त गरेको र लोडसेडिङ हटाउन सम्भव भएको तर कुलमानले त्यो कुरा बिर्सिएको प्रचण्डको टिप्पणी छ ।
‘प्रधानमन्त्रीको हैसियतले मैले टिपेर ल्याएँ, यो मान्छे राम्रो छ भनेर’ प्रचण्डले भने, ‘उनले पहिला–पहिला भनेको पनि हो फेरि प्रचण्डले हो मलाई बनाएको भनेर, कुरा बिर्सिएर अहिले लाजमर्नु । म यो भन्दा बढी भन्दिनँ बिचरा ।’ यस्तो आरोप लगाईरहँदा घिसिङ्ग भने उज्यालो नेपाल पार्टीले जनताको विश्वस जित्दै आगामी निर्वाचनमा जनताको लोकप्रिय पार्टी बन्ने दावी गरे ।















प्रतिक्रिया दिनुहोस्