एमालेको ११औं महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदै, केन्द्रीय कमिटी बैठक पनि
काठमाडौं, २८ मंसिर । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको थियो ।
बन्दसत्रको चहलपहल सुरु भएको छ । बन्दसत्र भने आज भृकुटीमण्डपमा सुरु हुँदैछ । मध्याह्न सवा १२ बजेपछि बन्दसत्रका कार्यक्रम सुरु हुने प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बन्दसत्र सुरु हुनुअघि बिहान केन्द्रीय कमिटी बैठक बस्दै छ । गौतमका अनुसार बिहान ९ बजे केन्द्रीय कमिटी बैठक बसेको छ ।
यसअघि बन्दसत्र बिहानै सुरु गर्ने तयारी गरिएको थियो । तर, त्यसअघि केन्द्रीय कमिटी बैठक बस्ने भएकोले पछि सरेको हो । यो बैठमा बन्द सत्रलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ ।
नयाँ नेतृत्व चयन गर्दै एमाले महाधिवेशन सोमबार समापन गर्ने तयारी गरिएको छ । यसपटक अध्यक्ष केपी शर्मा ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा दाबी गरेका छन् । नृतृत्वमा कसले बाजी मार्ला भन्ने खुल्दुली त छैदैन ।















प्रतिक्रिया दिनुहोस्