एमालेको महाधिवेशन उद्घाटन स्थलमा कुकुरहरु र बम डिकेक्टर उपकरणसहित प्रहरीहरु परिचालित
काठमाडौ, २७ मंसिर। नेकपा एमालेको ११औं महाधिवेशन उद्घाटन समारोह स्थलको सुरक्षाका लागि विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ । जनेजी आन्दोलनपछि सुरक्षाको चुनौति रहेको बेला द्घाटन स्थलमा कुकुरहरु र बम डिकेक्टर उपकरणसहित प्रहरीहरु पचिालन गरिएको हो ।
विस्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने कुकुरहरु र बम डिकेक्टर उपकरणसहित प्रहरीहरु बिहानैदेखि परिचालित छन् ।
प्रहरीले उद्घाटन समारोहको मञ्च तथा समारोह स्थल वरपर कुकुर डुलाइरहेका छन् ।
अरनिको राजमार्गसँगै जोडिएको भक्तपुर सल्लाघारीको सार्वजनिक जग्गामा महाधिवेशन उद्घाटन समारोह हुँदैछ । उद्घाटन समारोह आज मध्याह्न १२ बजेदेखि सुरु हुने एमालेले जनाएको छ ।
उद्घाटन समारोह स्थल वरपर आज बिहानैदेखि एमाले कार्यकर्ताहरु चहलपहल रहेको छ । आज एमाले ३ खालभन्दा बढि मानिस उपस्थितिीि हुने जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्