काँग्रेसका तीन नेताहरुले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने

काठमाडौं , २६ मंसिर । प्रतिनिधिसभा निर्वाचन फागुन २१ नजिकिंदै गर्दा नेपाली काँग्रेसले प्रतिनिधि सभाका लागि उम्मेदवारको शिफारिस गरिरहेको छ ।
सो निर्वाचनमा काँग्रेसका तीन निवर्तमान सांसद फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् । निर्वाचन नलड्ने घोषणा गर्नेमा काँग्रेस सहमहामन्त्री बद्री पाण्डे, रामनाथ अधिकारी र राजेन्द्र केसीले निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।

कांग्रेस सहमहामन्त्री पाण्डेले आगामी फागुनमा हुने प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तथा माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने घोषणा गरेका हुन् । बाजुरामा बिहीबार आयोजित निर्वाचनकेन्द्रित पार्टी बैठकमा निवर्तमान सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डे विघटित प्रतिनिधिसभामा बाजुराबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

पाण्डेले जेनजी आन्दोलनको समयमा आफू सरकारमा रहेकाले आन्दोलनरत युवाहरूका मागहरूलाई समयमा र अपेक्षित ढङ्गले सम्बोधन गर्न नसकिएको निर्वाचनसम्बन्धी कार्यक्रममा बताएका थिए । आन्दोलनसँग सम्बन्धित तत्कालीन सरकार–आन्दोलनकारी अन्तर्क्रियामा आफ्नो प्रत्यक्ष भूमिका नरहे पनि मन्त्रिपरिषद्का सदस्यको नाताले त्यसको नैतिक जिम्मेवारी आफूले लिने र निर्वाचन नलड्ने पाण्डेको भनाइ थियो ।

त्यस्तै केन्द्रीय सदस्य केसीले पनि निर्वाचन नलड्ने बताएका छन् । काठमाडौँको क्षेत्र नम्बर १० मा लगातार तीन निर्वाचन जितेका केसीले अब निर्वाचन नलड्ने बताएका हुन् ।

प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक वा राष्ट्रिय सभामा अब निर्वाचन नलड्ने उनको भनाइ छ । पार्टीलाई रूपान्तरण र पुस्तान्तरण गर्नुपर्ने भएकोले आफूबाटै
कांग्रेस धादिङका सभापति एवं निवर्तमान मन्त्री अधिकारीले पनि आउँदो प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकमा अधिकारीले २१ फागुनमा तय भएको निर्वाचनका लागि आफ्नो दाबी नरहने घोषणा गरेका हुन् ।

अधिकारी ओली नेतृत्वको सरकारमा कृषि तथा पशुपन्छी विकासमन्त्री थिए । जेनजी आन्दोलनको भदौ २३ गते तत्कालिन गृहमन्त्री रमेश लेखक पछि राजीनामा गर्ने दोस्रो मन्त्री पनि हन् उनी ।

प्रतिक्रिया दिनुहोस्