एमालेको सचिवालय बैठक जारी, महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालन मुख्य एजेण्डा

काठमाडौं , २६ मंसिर । महाधिवेशनको संघारमा रहेको नेकपा एमालेको सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरदेखि बैठक चलिरहेको हो ।

दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको बैठक ढिलोगरी सुरु भएको हो ।
बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल गर्ने तयारी छ ।

स्रोतका अनुसार केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीको संख्या बढाउन विधान संशोधन प्रस्ताव लगिँदैछ । तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधरले भने विधान महाधिवेशनको निर्णय उल्ट्याउन नहुने अडान लिादै आएको छ ।

यसले सचिवालय बैठक पेचिलो बन्ने सम्भावना देखिएको छ । अझ पोखरेलले राखेको दस्तावेजमाथि छलफल नगर्ने संस्थापनको तयारीले पनि सचिवालय बैठकमा नेताहरूको चासो छ । आजै वरिष्ठ उपाध्यक्ष क्ष्श्वर पोखरेलले युवा भेला आयोजना गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्