मन्त्रिपरिषद् विस्तार गर्दै, को को बन्दै छन् मन्त्री ? 

काठमाडौं, २६ मंसिर। प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । आज चार जना मन्त्री थपेर चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।

शीतल निवास स्रोतका अनुसार मन्त्रीहुनेहरुमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् । श्रेष्ठलाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

नयाँ मन्त्रीको शपथ आजै दिउँसो ३ बजे हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
आजै मन्त्रिपरिषद् विस्तार हुने स्रोतले जनाएको छ ।
बिहीबार मात्रै उनले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्