जेनजी आन्दोलनलाई वैधानिकता दिन सम्झौता गरिंदै

काठमाडौं, २४ मंसिर । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई वैधानिकता दिन सम्झौता गरिने भएको छ ।

आज नेपाल सरकार र जेनजी प्रतिनिधिबिच औपचारिक सम्झौता हुने भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सम्झौतामा हस्ताक्षर कार्यक्रम आज साँझ ६ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सगरमाथा हलमा आयोजना गरिएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्