आज विश्व मानसिक स्वास्थ्य दिवस विभिन्न सचेतना कार्यक्रम गरि मनाईंदै

काठमाडौं, २४ मंसिर । आज विश्व मानसिक स्वास्थ्य दिवस विभिन्न सचेतना मुलक कार्यक्रमको आयोजना गरि मनाईंदै छ ।
नेपाल सरकारले राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०७७ जारी गरेसंगै अक्टोबर १० का दिन देशव्यापी रुपमा विश्व मानसिक स्वास्थ्य दिवस मनाईदै आएको छ ।

यस वर्ष पनि “स्वस्थ मन स्वस्थ जीवन ” मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ र “मनको कुरा गरौँ” भन्ने मुल नाराकासाथ मानसिक दिवस मनाईदै छ । यसको लागि स्वास्थ्य सचेतना अभियान सञ्चालन सहित विभिन्न कार्यक्रमहरु आयोजना गरिएको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले जानकारी दिइएको छ ।

मानसिक तनावको कारण आत्महत्य अहिले विश्वव्यापी समस्या बन्दै गएको अवस्थामा यसको रोक थामका लागि सरकारले यस वर्ष विश्व मानव अधिकार दिवस १० डिसेम्बरदेखि तीन महिनासम्म मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ संचालन गरिएको केन्द्रले जनाएको छ । यस अभियानमा आ-आफ्नो क्षेत्रबाट सहभागिता जनाउन र साझेदारी गर्न हरेक व्यक्ति, संस्था र निकायसँग निरन्तर सहकार्य गरिने केन्दले जनाएको छ । केन्द्रका अनुसार डिजिटल प्रविधिको विस्तारित पहुँचलाई मानसिक स्वास्थ्यसचेतना कार्यक्रमहरु मार्फत आम नागरिकमा पूर्याउन विभिन्न कार्यक्रमहरु आयोजना गएिको छ ।

‘स्वस्थ मन स्वस्थ जीवन’ भन्ने नारा सहित मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ सुरु गर्न लागिएको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा.राधिका थपलियाले जानकारी दिइन्। जेन्जी आन्दोलनले मानसिक स्वास्थ्यमा परेको गम्भीर असरलाई न्यूनीकरण गर्न उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताइन्। आफूलाई परेको समस्या खुलेर भन्न सक्ने वातावरण बनाउनका लागि अभियान सञ्चालनको आवश्यकता रहेको उनको धारणा थियो। अभियानका क्रममा विद्यालय नर्स तथा स्थानीय स्वास्थ्यकर्मीहरूलाई परिचालन गरेर विद्यालयस्तरमा नै मानसिक स्वास्थ्य सम्बन्धी सचेतना दिइने उनले जानकारी दिइन्।
विश्व स्वास्थ्य संगठन नेपालमा कार्यरत मनोचिकित्सक केदार मरहट्ठाले दैनिक आइपर्ने समस्याको समाधान गर्न सक्नु नै मानसिक स्वास्थ्य भएको बताए। समाजमा अझै पनि मानसिक स्वास्थ्यलाई संकुचित रुपमा बुझिने गरेकोमा यसको बुझाइलाई बृहतर बनाउनुपर्ने उनको तर्क थियो।

वरिष्ठ जनस्वास्थ्य प्रशासक डा।उपेन्द्र ढुङ्गानाले मानसिक स्वास्थ्य सचेतना समुदायस्तरसम्म पुर्याउन यो अभियानले महत्वपूर्ण भूमिका खेल्न बताए। अभियानको लक्षित समूहमा विशेषगरी किशोर किशोरी तथा आम नागरिक रहेको उनले जानकारी दिए।

देशको संविधान, कानून, नीति, रणनीति, कार्यक्रम, निर्देशिका, कार्यविधि, अन्तराष्ट्रिय प्रतिवद्धताका विषयमा राज्यलाई सचेत गराउदै नागरिकका हक, कर्तव्य र स्वस्थ जीवनशैलीका बारेमा निरन्तर सचेतना फैलाउने । मानसिक स्वास्थ्यका विषयमा सचेतना बढाउन, मानिसक स्वास्थ्य सम्बन्धी उपचार सेवा लिन प्रोत्सहान गर्न र रिपोर्टिङ गर्दा सावधानी अपनाएर आत्हत्याजस्ता घटनाहरुको रोकथाम गर्न सहयोग गर्न सकिन्छ केन्द्रले जारी गरेको प्रचार सामाग्रीमा छ।

 

प्रतिक्रिया दिनुहोस्