प्रधानमन्त्री कार्की र पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग भेट

काठमाडौं, २३ मंसिर। प्रधानमन्त्री सुशीला कार्कीले पितृशोकमा रहेको पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग भेट गरेकी छिन् । उनी मंगलबार दिउँसो श्रेष्ठलाई भेट्न कुपण्डोलस्थित निवास पुगेकी हुन् ।

श्रेष्ठका बुवा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको यही १६ मंसिरमा ९५ वर्षको उमेरमा निधन भएको थियो । नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो । स्रोतका अनुसार, मंगलबार दिउँसो प्रधानमन्त्री कार्की उनको निवासमा पुगेर भेट गरेकी हुन् ।

सो क्रममा पूर्वप्रधान्यायाधीश श्रेष्ठसँग केहीबेर सामान्य राजनीतिक छलफल पनि भएको स्रोतले जनाएकोछ ।

श्रेष्ठले प्रधानमन्त्री कार्कीसमक्ष पछिल्लो समय आफ्नो नाम जोडेर विभिन्न समाचारहरू आइरहेकोतर्फ इंगित गर्दै केही कुरा सुनाएका थिए ।

श्रेष्ठले आफ्नो नाम जोडेर ‘कसैको गुजारा चल्छ भने लेख्नुस्’ भन्ने गरेको प्रधानमन्त्रीसमक्ष सुनाए ।

त्यस्तै, जसरी पनि निर्वाचन सम्पन्न गराएर निस्कन पनि प्रधानमन्त्री कार्कीलाई श्रेष्ठले आग्रह गरे । यसले प्रधानमन्त्री कार्की र श्रेष्ठबीचको अन्तरद्वान्द हटेकोछ ।

प्रतिक्रिया दिनुहोस्