एमालेले ११औं महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निमन्त्रणा

, काठमाडौं, २३ मंसिर। नेकपा एमालेले पार्टीको ११औं महाधिवेशनमा विभिन्न १६ वटा राजनीतिक दललाई निमन्त्रणा गरेको छ । अतिथि सत्कार समितिले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन १६ दलका प्रमुख नेताहरूलाई आमन्त्रण गरेको हो ।

अतिथि सत्कार समितिकी सदस्य सुनिता बराल महाधिवेशनमा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), मजदुर किसान पार्टी (नेमकिपा)लाई आमन्त्रण गरिएको छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो गरिएको छ । रास्वपाका कार्यवहाक सभापति डिपी अर्याललाई आमन्त्रण गरिएको छ ।

यसबाहेक एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल, राष्ट्रिय जनमोर्चालाई निम्तो गरिएको छ ।

बरालका अनुसार, जनमत पार्टी, परिवार दल, नेकपा माले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी र नागरिक उन्मुक्ति पार्टीलाई निम्तो गरिएको छ ।

महाधिवेशनको तयारीका लागि विभिन्न उपसमितिहरू गठन भएका छन् । मूल आयोजक समितिबाहेक व्यवस्थापनको हिसाबले विभिन्न उपसमितिहरूले आ–आफ्नो काम गरिरहेका छन् ।

मूलतः मञ्च व्यवस्थापन समिति, अतिथि सत्कार समिति, आवास र स्वयंसेवक व्यवस्थापन लगायतका समितिहरूले आ–आफ्नो ढंगले काम गरिरहेका छन् । प्रचार समितिले पनि आफ्नो काम गरिरहेको छ । महाधिवेशन विशेष लोगो र जिंगल सार्वजनिक गर्ने लगायतका कामहरू भएका छन् ।

यस अन्तर्गत अतिथि सत्कार समितिले महाधिवेशनमा क(कसलाई निम्तो गर्ने भन्ने तय गरेर त्यसअनुसार आमन्त्रण पत्र पठाइएको छ ।

उनी भन्छिन्, ‘नेपालका राष्ट्रिय दलहरू र विशेष गरी कम्युनिस्ट विचारधारा बोकेका दलहरूलाई निमन्त्रणा दिएका छौँ। यो क्रम जारी छ ।’

उनका अनुसार विदेशमा रहेका र निम्तो गर्नुपर्ने व्यक्तिहरूलाई भौतिक रूपमा भेटेर नभई शुभकामना सन्देश माग्ने हिसाबले सबैलाई निमन्त्रणा पठाइसकिको छ । नेपालमा रहेका विदेशी नियोगहरूलाई पनि निमन्त्रणा पठाइएको छ र उनीहरूलाई सम्भव भएसम्म उपस्थितिका लागि अनुरोध गरिएको छ ।

महाधिवेशन यहि मंसिर २७ गतेदेखि २९ स्रम्म हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्