पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना
काठमाडौं, २२ मंसिर । हिउँद लागेसँगै चिसो सुरु भएको छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव स्वरूप सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जन तथा मौसम विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भू-भागको एक/दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
यसैगरी, कोशी प्रदेश र बागमती प्रदेशको हिमाली भू-भागको एक(दुई स्थानमा समेत हल्का हिमपात हुने सम्भावना रहेको छ। मिौसम सभा भएकाले किसानलाई बाली भित्र्याउन र बाली लगाउन सहज भएको छ ।















प्रतिक्रिया दिनुहोस्