नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड मंसिर २४ देखि पुस १ गतेसम्म दैनिक ५ घण्टा बन्द हुने
काठमाडौं, २२ मंसिर । नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड मंसिर २४ देखि पुस १ गतेसम्म दैनिक ५ घण्टा बन्द हुने भएको छ ।
नागढुंगा–पिप्लामोड खण्डमा कालोपत्र र पोखरेभिर क्षेत्र विस्तारका लागि एकैपटक धेरै उपकरण सञ्चालन गर्नुपर्ने भएकाले अस्थायी रूपमा यातायात रोक्न लागिएको हो ।
आगामी बुधबारदेखि पाँच दिन दैनिक बिहान साढे १० बजेदेखि अपरान्ह साढे ३ बजेसम्म सडक बन्द हुनेछ ।
अत्यावश्यक सेवाका सवारीसाधन एम्बुलेन्स, सुरक्षा निकाय, दमकल, शववाहनलाई भने सहजीकरण गरिने ट्राफिक प्रहरीले काार्यालयले जनाएको छ ।
अन्य सवारीसाधनलाई विभिन्न स्थानहरूमा रोक्ने व्यवस्था मिलाइएको छ । ट्राफिक प्रहरीले वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरेको छ ।यसको लागि धार्के सितापाईला सडक प्रयोग गर्न सकिन्छ ।















प्रतिक्रिया दिनुहोस्