जेष्ठ नागरिक पार्कमा खुला पुस्तकालयको शुभारम्भ
काठमाडौं, २१ मंसिर । ज्ञान आर्जनका लागि पुस्तक अध्ययन, अनुसन्धान तथा अन्वेषण आजको आवश्यकता हो । ज्ञान बिनाको मानिसको कुनै पनि अस्थित्व रहंदैन ।
अध्येताहरू पुस्तकालयको एउटा शान्त स्थानमा बसेर देश तथा विदेशका हरेक ज्ञानसहित भ्रमणको अनुभूति गर्दै ज्ञानको संसारमा आनन्दबोध गर्न सक्छन् । मानिसहरुले ज्ञानको सागरमा डुबुल्की मार्दै स्वाध्यायनमार्फत व्यावहारिक र वस्तुनिष्ठ विश्लेषण गरि नयाँ सिर्जनाहरु पनि गर्छन् ।
यसै अध्ययन र सिर्जनालाई मध्यनजर गर्दै काठमाडौंको अनामनगर हनुमानस्थान नजिक जेष्ट नागरिक पार्कस्थित क्षेत्रमा खुला पुस्तकालयको शुभारम्भ भएको छ ।
आईतबार बिहान पत्रकार नारायण तिवारीको सहकार्य र किरण स्वामीको व्यवस्थपनमा विभिन्न सञ्चारमध्यमा क्रियाशिल पत्रकारहरुमाझ पुस्तकालयको शुभारम्भ भएको हो ।
खुला पुस्तकालयको शुभारम्भ कार्यक्रममा बोल्दै पत्रकार तिवारीले आफूले विभिन्न माध्यमबाट संकलन गरिएका पुस्तकहरुलाई पार्कमा सूर्यको न्यानो पातसँगै ज्ञान आर्जनको लागि अति उपुक्त हुने सोचकासाथ पुस्तकालय स्थापना/ शुभारम्भ गरिएको बताए ।
आजदेखि सुरुवात भएको छ, यसलाई व्यवस्थित गर्दै लैजाने योजना छ, उनले भने, ‘पढ्न योग्य भएका आ आफ्नो घरमा थन्किएर बसेका किताबहरु यस पुस्तकालयमा हस्तान्तरण गर्न आग्रह गर्दछु ।’ स्वाध्यायनले व्यक्तिको ज्ञानमा निखार र आचरणमा परिवर्तन ल्याउने भएकाले ज्ञानको वृद्धि र निखारताका लागि उपयुक्त स्थान नै पुस्तकालय भएको उनले बताए । यस पुस्तकालय सहयोगी मनहरुद्वारा सञ्चालित हुनेसमेत उनले बताए ।
पछिल्लो समय मानिसहरु स्वाध्यायनका लागि वभिन्न पुस्तकालय गई घन्टौंसम्म विताउने गर्छन् । स्वाध्यायन जागिरको तयारी वा क्षणिक लक्ष्य प्राप्तिमा मात्र सीमित नभई ज्ञान आर्जनको लागि महत्वपूर्ण हुन्छ ।
यस पुस्तकालयमा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म दैनिक जम्मा १३ घण्टा खुला रहने हुँदा आफ्नो अनुकुलताअनसार पार्कमा बसि अध्ययन गर्न सकिन्छ । लोक सेवा आयोगका परीक्षा तयारीका गर्दै गरेकालाई समेत यो पुस्तकालय उपयोगी हुनेछ । मनिङ्गवाल्क, शारिरिक व्यायम गरेपश्चात चिया, कफीको चुस्की, न्यानो सूर्यतापसँगै विभिन्न पुस्तक अध्यायन गर्दा निकै आनन्दमोहक हुनेछ ।
















प्रतिक्रिया दिनुहोस्