एनपीएल: कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३० रनको लक्ष्य दिए
काठमाडौं, २१ मंसिर । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई १३० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको लिग चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको हो ।
कर्णालीका लागि यस सिजन पहिलो खेल खेलेका ओपनर इमरान शेखले ३२ बलमा १ चौका र १ छक्का मद्दतमा सर्वाधिक ३३ रन बनाए ।
यस्तै गुल्सन झा ले २० बलमा १९ जोडे भने कप्तान सोमपालले १० बल खेल्दै १ चौका र १ छक्कान मद्दतमा १८ रन बनाए । प्रियांक पाञ्चलले १६, विलियम बोसिस्टोले १५ र नजिबुल्लाह जद्रानले १३ रन जोडे ।
बलिङमा जनकपुरका लागि ललित राजवंशी र आदित्य महताले २(२ तथा संगीथ कुरे, अनिल शाह र माज सदाकतले समान १ विकेट लिए ।















प्रतिक्रिया दिनुहोस्