प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

काडमाडौं, २१ मंसिर । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच आइतबार सिंहदबारमा भेटवार्ता भएको हो ।

जेनजी आन्दोलनमा आगजनी भएका सिंहदरबारभित्रका संरचनाको अवलोकनका लागि गएकी पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीसँग पनि भेट गरेकी हुन् ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले सिंहदरबार विभिन्न मन्त्रालयसहित, सवारीसाधन र अन्य संरचनामा आगजनी गरेका थिए । सबै भवनह्ररु खण्डहर भएका छन्

आगजनीले खण्डह र बनेको सिंहदरबार परिसरका विभिन्न संरचनाको पुनर्निर्माणको क्रम चलिरहेको छ ।

जेनजी आन्दोलनकै क्रममा भंगालमा रहेको पूर्वराष्ट्रपति भण्डारीको निजी निवासमा समेत आगजनी भएको थियो ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच त्यसयता पहिलो पटक भेटवार्ता भएको हो । यसले केहि खर्थ भने पक्कै लाग्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्