मधेश प्रदेशका मुख्यमन्त्री यादवले तीनजना मन्त्री नियुक्त गरे
काठमाडौं, २१ मंसिर। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले तीनजना मन्त्री नियुक्त गरेका छन् ।
मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका जंगीलाल राय, जनमतका महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिस पटेललाई मन्त्री नियुक्त गरेका हुन् । जनमतका महेश प्रसाद यादवले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
कांग्रेसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादीका कनिस पटेलको मन्त्रालय भने तोकिएको छैन । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख डा। सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको सपथ गराएका छन् । यो सँगै सरकारले आकार पाएको छ ।















प्रतिक्रिया दिनुहोस्