नेवार समुदायको ठूलो साँस्कृति पर्व योमरी पुन्हि मनाइयो
काठमाडौं, १८ मंसिर । नेवार समुदायको ठूलो साँस्कृति पर्व योमरी पुन्हि मनाइएको छ। हरेक वर्ष थिंलाथ्व पूर्णिमाका निद यो पर्व मनाउने गरिन्छ। यसलाई योमरी पूर्णीमा पनि भनिन्छ ।
यो पर्व मनाउने सिलशिलामा र्याली समेत निकालिएको छ । काठमाडौँ वडा ५ हाँडीगाउँ बाट सुरु र्यालीभई टंगाल गणेश, नक्साल भगवती मन्दिर, प्यगंस्था, नाग पोखरी, नारायण हिटी, केशर महल, ठँबही त्रिदेवी चोक, ज्याठा, त्यस्र, असन, बालकुमारी,केलत्वास् , वंघस् , मरुत्वा, कालभैरव, हनुमान ध्वाका हुँदै वसन्तपुरमा समाप्त भएको थियो ।
थिंल्लागा पारुदेखि बढ्दै जाने जाडोबाट हुने रोग व्याधिबाट बच्न पनि योमरीको विशिष्ट महत्त्व रहेको विश्वास छ। योमरी धानको भकारीमा पनि पुज्ने परम्परा छ।
पाञ्चाल देश (हालको पनौती) मा सूचन्द्र महाजन नाम गरेका एक धर्मात्माले पहिलो पटक योमरी बनाएपछि यसको प्रचलन देशव्यापी बढ्दै गएको जनविश्वास छ।
काठमाडौं उपत्यकाका नेवार समुदाय अन्तर्गतका ज्यापुहरूले एक साथ योमरी पुन्ही र राष्ट्रिय ज्यापु दिवस मनाएका छन् ।















प्रतिक्रिया दिनुहोस्