धोबी खोलामा एक व्यक्ति मृत फेला
काठमाडौं, १८ मंसिर। काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् । मदन भण्डारी कलेज नजिक खोलामा एक व्यक्ति मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार मृत व्यक्तिको नजिकै साइकल पनि लडेको देखिन्छ । मृतकको पहिचान खुल्न बाँकी छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्