मधेश प्रदेशका मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने
जनकपुरधाम, काठमाडौं, १६ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि बुधबार दिउँसो २ बजे विश्वासको मत लिने भएका छन् ।
मंगलबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले यस्तो जानकारी दिएका हुन् ।
मंगलबार दिउँसो ३ बजे प्रदेश प्रमुखबाट पत्र प्राप्त भएको जानकारी दिँदै मुख्यमन्त्री यादवले भोलि बुधबार दिउँसो ३ बजेसम्म विश्वासको मत लिने बताएका हुन् ।
आज प्रदेश सभा सचिवालयलाई पत्र पठाएर विश्वासको मत लिन लागेको उनले बताए ।
विगतमा सहयोग गरेका दलहरूले आफूलाई विश्वासको मत दिने उनले आशा व्यक्त गरे ।















प्रतिक्रिया दिनुहोस्