दक्षिण–पश्चिम बंगालको खाडी न्यून चापीय प्रणालीको आंशिक प्रभाव

काठमाडौं, १६ मंसिर। कोशी, मधेश र वाग्मती प्रदेशमा दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ। केही स्थानमा भने बादल भने लाग्ने छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको थियो । आज यहाँको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहने अनुमान छ । विस्तारै चिसो बढ्दै गएकाले चिसोबाछ बभ्नको लाथि न्यानो कपडा लगाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्